विश्वकप फाइनलमा भारतीय क्रिकेटर शेफाली वर्माले बनाइन् विश्वरेकर्ड
काठमाडौं । भारतीय महिला क्रिकेट टीमका ओपनर शेफाली वर्माले मेलबर्नमा अष्ट्रेलिया बिरूद्ध टी २० ट्वान्टी विश्वकपको फाइनलमा मैदानमा उत्रिँदा इतिहास बनाएकी छिन। शेफाली टी २० विश्वकप फाइनल खेल्ने सबैभन्दा कान्छी क्रिकेटर बनेकी छिन, विश्वकप फाईनल खेल्दै गर्दा शेफलीको उमेर १६ बर्ष ४० दिन भएको छ ।
शेफालीले वेस्टइंडीजकी शकुना क्विन्टिनको कीर्तिमान भंग गरेकी छिन । शकुनाले २०१३ को महिला विश्वकप फाइनलमा १७ बर्ष ४५ दिनको उमेरमा खेलेकी थिइन। त्यस्तै पाकिस्तानका मुहम्मद आमिर यस सूचीमा तेस्रो स्थानमा छन्। उनले १७ बर्ष ६९ दिनको उमेरमा पुरूष टी-२० विश्वकपको फाइनल खेलेका थिए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment