फागुको शुभकामनासँगै कोरोनाबाट बच्न मुख्यमन्त्रीको सन्देश

डिसी नेपाल
२६ फागुन २०७६ १५:५५

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तथा कर्णालीवासीलाई फागु पर्वको अवसरमा शुभकामना सन्देश दिएका छन्।

रङको पर्वका रूपमा मुलुकमा मनाइँदै आएको फागु (होली) पर्वले सम्पूर्ण नेपालीमा आपसी भाइचारा सम्बन्ध, भ्रातृत्व, सद्भाव कायम भई विविधतायुक्त समाजमा मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न प्रेरणा मिलोस् भन्दै मुख्यमन्त्री शाहीले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’ नारा पूरा गर्न सबैको साथ सहयोग प्राप्त हुन सकोस् भन्ने कामना गरेका छन्।

उनले पहाडमा सोाबार र तराईमा भोलिसम्म मनाइने यस होली पर्वमा यो वर्ष हात नमिलाउन, भेला, भीडभाड, तडकभडक नगर्न र सकेसम्म घरमा बसेर परिवार सदस्यमाझमा खुशी साटासाट गर्नसमेत सुझाएका छन्।

साथै विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउन सबै नेपालीमा नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारले विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन÷प्रसारण गरेका निर्देशन, सूचना, सन्देशअनुसार सचेतना अपनाउन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *