आइसीसी टि २० वरियतामा नेपाली महिला टिमकी सिता राना मगर र नेरी थापा पर्न सफल

डिसी नेपाल
२७ फागुन २०७६ १६:४८

काठमाडौं । अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ महिला टी–२० वरियतामा नेपालबाट २ खेलाडी पर्न सफल भएका छन ।

आईसीसीले सार्वजनिक गरेको ब्याटिङ वरियतामा नेपाली महिला टिमकी सिताराना मगर २६१ अंकका साथ ८८ औँ स्थानमा यथावत रहेकी छन् छिन् । त्यस्तै बलिङ वरियतामा नेपालबाट नेरी थापा ३१२ अंकका साथ ९५ औँ स्थानमा रहेकी छिन् । अलराउन्डर तर्फ नेपाली महिला टिमकी सिताराना मगर एक स्थान तल झर्दैै ६८ अंकका साथ ६४ औं स्थानमा रहेकी छिन ।

विश्वकप फाइनलमा भारतविरुद्ध ७८ रन बनाउँदै अष्ट्रेलिया टीमकी बेथ मूनी ७६२ अंकका साथ शीर्ष स्थानमा उक्लिएकी छिन् । उनी पहिलो पटक टी–२० वरियताको शीर्ष स्थानमा उक्लिएकी हुन् । मूनीले यो पटकको विश्वकपमा ६ म्याचमा ३ अर्धशतक प्रहार गर्दै २ सय ५९ रन बनाइन् ।

भारतीय टीमकी शेफाली वर्मा शीर्ष स्थानबाट खस्किएकी छिन् । नयाँ वरियतामा १६ वर्षीया वर्मा पहिलो स्थानबाट तेस्रो स्थानमा झरेकी छन् ।
आइतबार अष्ट्रेलियामा सम्पन्न आइसीसी टी–२० महिला विश्वकपको लिग चरणपछि ७४४ अंकका साथ उनी वरियताको शीर्ष स्थानमा उक्लिएकी थिइन् । तर, अष्ट्रेलियासँगको फाइनल म्याचमा २ रनमै आउट हुँदा वर्माले शीर्ष वरियता पनि गुमाउन पुगिन् ।

नयाँ टी–२० वरियतामा पनि न्यूजिल्याण्ड टीमकी सूजी बेट्स ७५० अंकका साथ दोस्रो स्थानमा कायमै छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.