नेपाल क्रिकेट खेलाडी संघको सिप्यान क्रिकेट अवार्ड स्थगित
काठमाडौं । नेपाल क्रिकेट खेलाडी संघ (सिप्यानले) ले आयोजना गर्न लागेको कार्यक्रम सिप्यान क्रिकेट अवार्ड अनिश्चित कालको लागि स्थगित गरिएको छ ।
विश्वमा पछिल्लो पटक माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको त्रासको कारणले गर्दा क्रिकेट खेलाडी संघ (सिप्यान) ले यो अवार्डलाई कार्यक्रम लाई अर्को सूचना जारी नहुँदा सम्मका लागि स्थगित गरेको सिप्यानले एक विज्ञेप्ती मार्फत जनाएको छ ।
यसअघि सिप्यानले यो कार्यक्रम चैत्र २१ गते गर्ने घोषणा गरेको थियो । जसमा बर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई सम्मानित गर्ने कार्यक्रम रहेको थियो ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment