ठेकेदारले कामनगर्दा काँक्रेविहारको पुनर्निर्माण अधुरै

डिसी नेपाल
३ चैत २०७६ १२:४६

सुर्खेत । कर्णालीको प्रमुखपर्यटकीय स्थलकाँक्रेविहारको पुनर्निर्माण अझै लम्बिने भएको छ। पुनर्निर्माण थालिएको झण्डै २० वर्ष पुग्दापनियसको पुनर्निमार्णको काम पुरा भएको छैन।

२०५७ सालदेखि अलपत्र अवस्थामा रहेको भग्नावशेषको रुपमा रहेको काँक्रेविहारलाई पुरातत्व विभागले पुनर्निर्माण गर्न सुरु गरेको थियो।
तर हाल मन्दिर ठड्याउने बाहेक अन्य काम अधुरै रहेको हो। निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेपछि वीरेन्द्रनगरमा रहेको काँक्रेविहार पुनर्निमार्णको कामअधुरै रहेको हो।

आधा काम छडेर ठेकेदार सम्पर्कविहीन भएको पुरातत्व विभागले जनाएको छ। पुनर्निर्माणका लागिपहल गरेको झण्डै चार वर्षपछि अर्थात २०६१ सालमा सरकारले बजेट छुट्याएको थियो । तर पुनर्निर्माणको काम भने अघि बढ्न सकेन। बजेट हुँदा हुँदै पनि काँक्रेविहारलाई कस्तो बनाउने भन्ने मै पुरातत्व विभाग अल्झियो।

गुरु योजनाको अभावमा करिव १० वर्षसम्म पुनर्निर्माणका सुरुवात समेत हुन सकेन। स्थानीय नागरिकले भने काँक्रेविहारको पुनर्निर्माणका लागि राजनीतिक दलका नेता, मन्त्री, प्रधानमन्त्रीदेखि तत्कालीन राष्ट्रपति रामवरण यादवसमेतलाई गुहारे।

लामो समयसम्म सरकारको वर्षेनी नीति तथा कार्यक्रममा काँक्रेविहारलाई प्राथमिकतामा राख्ने तर पुनर्निर्माणको काम सुरुवातसमेत हुन सकेन। वर्षाैंको प्रयासपछि २०७२ साल असार ४ गते तीन वर्षमा पुनर्निर्माण सक्ने गरी सिद्धबाबा कन्ट्रक्शनसँग सम्झौता भएको थियो।

गुरुयोजनान भएपनि पुरातत्व विभागले शिखर शैलीमा काँक्रेविहारको पुनर्निर्माण र भग्नावशेषलाई उत्खनन गर्ने ठेक्का दियो । तर ठेकेदार कम्पनीले पुनर्निर्माणका लागि घाँडो बन्यो। तीन वर्षमा पुनर्निर्माण सक्ने ठेक्का लिएको भएपनि धेरै काम बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *