ईङल्यान्डका क्रिकेट खेलाडी रंगभेदको शिकार

डिसी नेपाल
४ चैत २०७६ १७:००

लन्डन । ईङल्यान्डका क्रिकेटर जोफ्रा आर्चर सोसल मिडीयामा एक पटक फेरी जातिय टिप्पणीको शिकार भएका छन । आर्चरले यो मुद्दाको समाधान गर्न अधिकारीहरूसँग माग गरेका छन। आर्चरले यस्तो जातीय टिप्पणीको सामना गर्नु परेको यो पहिलो पटक होइन ।

आर्चरले सोमबार इन्स्टाग्राममा फोटो पोस्ट गर्दै लेखेका छन्, ‘मानिसहरूले त्यस्तो टिप्पणी किन गर्छन् मैले बुझ्न सकिन।’ उनले आफ्नो इन्स्टाग्राम कथामा लेखे, ‘मैले यसमा प्रतिकृया देखाउने बारेमा धेरै सोचें र म आशा गर्छु कि कसैले पनि यस किसिमको दैनिक व्यवहार गर्नु हुँदैन।’ उनले भने, ‘मलाई मानिसहरूले किन बुझ्दैनन् अरुलाई यति सजिलै कुरा कसरी भन्छन्, यस्तो कुराले मलाई दुखी बनाउछ ।’

यसभन्दा अघि न्युजिल्यान्ड बिरूद्ध खेलेको पहिलो टेस्ट खेलको अन्त्यमा उनले त्यस्तो टिप्पणीको सामना गर्नु परेको थियो। यस खेलमा आर्चरले इङल्यान्डका लागि ३० रनको पारी खेलेका थिए। माउंट मोउनगुईमा भएको खेलमा ईङल्यान्डले पराजयको सामना गर्नु परेको थियो ।

आर्चर हाल कुहिनोको चोटको कारण क्रिकेटबाट बाहिर रहेका छन। उनलाई जनवरीको महिनामा चोट लागेको थियो। गत वर्ष ईङल्यान्ड सम्पन्न विश्वकपमा आर्चरले आफ्नो टीमलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *