च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल एक महिना पछाडी सर्‍यो

डिसी नेपाल
४ चैत २०७६ २१:०७

एजेन्सी । च्याम्पियन्स लिग फुटबल र युरोपा लिग फुटबलको फाइनल खेल एक महिना पछि सरेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमका कारण च्याम्पियन्स लिग र युरोपाको फाइनल खेल सारेको हो ।

आगामी मे महिनामा तय भएको च्याम्पियन्स लिग र युरोपाको फाइनल जुनमा हुनेछ । युईएफएले च्याम्पियन्स लिगको फाइनल जुन २७ र युरोपाको जुन २४ मा हुने जनाएको छ । यस अघि च्याम्पियन्स लिगको फाइनल मे ३१ र युरोपाको फाइनल मे २७ मा हुने तय भएको थियो ।

चीनबाट सुरु भएको कोरोना भाईरस युरोपियन राष्ट्रमा महामारीको रुपमा फैलिएपछि युईएफएले युरोकप फुटबल समेत एक वर्ष सरेको छ । यस्तै च्याम्पियन्स लिग र युरोपाको खेलहरु समेत स्थगित गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.