नेपालले र इङ्ल्याण्ड ‘सी’बीचको फुटबल खेल रद्द

डिसी नेपाल
५ चैत २०७६ १२:३४

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण राष्ट्रिय फुटबल टिम र इंग्ल्यान्डको (सी) टिमबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच एल्डरसटमा मे २५ मा मैत्रीपूर्ण खेल खेलाउने मिति तय भएको थियो ।

तर, कोरोनाको प्रभावका कारण सो खेल रद्द गरिएको एन्फाले जनाएको छ । उक्त खेल नेपालले अर्को वर्ष आयोजनाको प्रस्ताव इंग्ल्यान्डको (सी) टिमसँग राखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.