पाकिस्तानले भारतलाई भारतकै भूमिमा हराउने बानी परेको छः जावेद मियादाद
काठमाडौं । पाकिस्तानका पूर्व खेलाडी एवम ब्याट्सम्यान जोवेद मियादादले बुधवार एक ट्वीट गर्दै ईसारा ईसारामै भारतले पाकिस्तानसंग भारतको घरेलु मैदानमा क्रिकेट खेल्न डराउने प्रतिक्रिया दिएका छन ।
उनले भने भारत पाकिस्तानलाई भारतमा बोलाउन डराउछ किनकी भारत आप्नै घरेलु मैदानमा प्रायः पाकिस्तानसंग पराजित भएको छ ।
मियादाद को यो ट्वीटलाई भारतीय सर्मथक हरुले रिट्वीट गर्दै लेखेका छनः भारतलाई पनि वर्ल्डकपमा पाकिस्तानलाई हराउने बानी परेको छ ।
पाकिस्तानले अहिले सम्म गरेको भारत भ्रमणमा जम्मा दुई सिरीजमा मात्रै जित हासिल गरेको छ । भारतमा पाकिस्तानले अहिले सम्म खेलेको ३३ टेस्टमा ५ जित र ७ हारको सामना गरेको छ । दुबै देशले सन २००७ मा भारतमा अन्तिम सिरीज खेलेका थिए उक्त सिरीज भारतले १–० ले जितेको थियो ।
एकदिवसीय खेलमा भारतमा पाकिस्तानको रेकर्ड भारत भन्दा राम्रो रहेको छ । भारतमा पाकिस्तानले कुल ३० एकदिवसीय खेल खेलेको छ जस्मा १९ जित र ११ हार रहेको छ । भारतले पाकिस्तानको भुमिमा एक मात्र टेस्ट सिरीज जितेको छ बाकी ३ टेस्ट सिरीजमा पाकिस्तान विजयी भएको छ ।







डिसी नेपाल








Facebook Comment