कोरोनाको त्रासः कसरी समय बिताइरहेका छन् खेलाडीहरू ?

डिसी नेपाल
७ चैत २०७६ १४:१९

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको त्रासको असर नेपालको हरेक क्षेत्रमा पर्दै गएको छ । नेपालमा केही दिनअघिदेखि कोरोनाको कारण शैक्षिक संस्था, कलेज, स्कुल बन्द भएसंगै खेलकुदमा पनि यस्को प्रभाव परेको छ ।

कोरोनाकै कारण नेपालमा एभरेष्ट प्रिम्रियर लिग, बि डिभिजन लिग लगायत बिभिन्न ठुला साना प्रतियोगिता हरु स्थगित भएका छन । अहिले नेपालमा खेलकुद प्रतियोगिता हरु पूर्ण रुपमा ठप्प भएको छ ।

यो अबस्थामा हामीले नेपाली क्रिकेट खेलाडीहरु पनि अहिले मैदानभन्दा घरमै परिवारहरुसँग रमाईरहेका छन । सरकारले जारी गरेको निर्देशन अनुसार खेलाडीहरु खासगरी सार्बजनिक स्थानमा नगई घरमै बिहान बेलुका साधारण ब्यायाम गर्ने, टिभी हेर्ने र परिवार संग समय बिताउनु बाहेक अन्य उपाय नरहेको बताउछन । परिवार र घरमा रहदा क्रिकेटरहरु के गर्दैछन् त ? विभिन्न खेलाडी तथा क्रिकेटहरुले आफुले फुर्सदको समय बिताउँदै गरेको भिडीयो सामाजिक संजालमा पोस्ट गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.