पिएसएल टि-२० वर्ल्डकपपछि हुने सम्भावना
काठमाडौं । कोरोना भाइरसको कारण स्थगित भएको पाकिस्तान सबैभन्दा ठुलो टि-२० क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पिएसएल) यो बर्षको अन्त्यमा हुने भएको छ ।
एक खबर अनुसार पिएसएलको टिम कराची किङसका मालिक सलमान इकबालले पिएसएलको पाचौं सिजनका बाँकी खेलहरु अक्टुबरमा हुने टि-२० वर्ल्डकपपछि हुने बताएका छन । उनले भने हामीले सेमिफाइनल र फाइनलका बाँकी इभेन्टहरु सात दिनको लागि आयोजना गर्ने सोच बनाएका छौ । सेमिफाईलमा पुगेका चारवटै टिमले यसको बारेमा पाकिस्तान क्रिकेट बोर्ड संग छलफल गरिरहेको छ र हामीलाई विश्वास छ की अष्टे्रलियामा हुने वर्ल्डकपपछि हामीले समय पाउनेछौ ।
मंगलबार पिसीबि र पिएसएल बिच भएको बैठकमा यो प्रतियोगिता अनिश्चित कालको लागी स्थगन गर्ने निर्णय गरिएको हो । पिएसएल स्थगित भएको कारण पिसिबीले ठुलो परिणाममा घाट ब्योहोर्नु परेको छ । पिसिबी संगै बो्रर्डकास्टर मिडीयाले पनी नोक्सान ब्योहोर्नु परेको जनाएको छ ।







डिसी नेपाल








Facebook Comment