नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना, यात्रुलाई राहत (फोटोफिचर)

डिसी नेपाल
७ चैत २०७६ १९:३५

काठमाडौं । नोबेल कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राखेर गोँगबुस्थित नयाँ बसपार्कमा सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, काठमाडौँ महानगरपालिका–२६ र नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउदेश्यीय प्रालिको सक्रियतामा आज नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको हो । नयाँ बसपार्कमा हेल्थ डेक्सको स्थापनासँगै कोरोनाको त्रासमा रहेका यात्रुलाई राहत मिलेको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ बसपार्कमा हेल्थ डेक्स स्थापना गरिएको बताउँछन् । “सार्वजनिक बसमा एकैपटक धेरै यात्रु ओहोरदोहोर गर्ने भएकाले ज्वरोलगायत विभिन्न रोग परीक्षणका लागि हेल्थ डेक्सले सहयोग पुग्नेछ,” उनि भन्छन् ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारी मुलुककै राष्ट्रिय बसपार्कका रुपमा रहेको नयाँ बसपार्कबाट आवतजावत गर्ने यात्रुको स्वास्थ्य परीक्षणमा हेल्थ डेक्सले सहयोग पुग्ने बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला हेल्थ डेक्सको स्थापनासँगै काठमाडौँ भित्रिने तथा बाहिरिने यात्रुको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने बताउँछन् ।

नयाँ बसपार्कमा दैनिक उपत्यकाबाहिर विभिन्न जिल्लाबाट एक हजारभन्दा बढी सार्वजनिक यातायात आवतजावत गर्दै आएको प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउँछन् । ल्होत्से बहुउद्देश्यीय प्रालिले यसअघि ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालको सहकार्यमा नयाँ बसपार्कभित्र चालक, सहचालक तथा यात्रुलाई निःशुल्क परामर्श तथा स्वास्थ्य जाँच गर्दै आएको थियो ।

तस्वीरः रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *