स्मृती दिवशमा मास्क वितरण

डिसी नेपाल
७ चैत २०७६ १९:४०

मुगु । जिपी फाउण्डेसन मुगु शाखाले शुक्रबार मास्क वितरण गरेको छ ।

शान्तिका नायक पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोईरालाको १० औं स्मृती दिवसको अवसर पारेर शुक्रबार फाउण्डेसनले मास्क वितरण गरेको हो ।

फाउण्डेसनका कर्णाली प्रदेश समितीकका सदस्य गजेन्द्र बहादुर मल्लको अगुवाईमा स्मृती सभाको आयोजना गरि मास्क वितरण गरिएको थियो ।

कार्यक्रममा सहभागी तथा बाटोमा हिडीरहेका ३ सय जनालाई मास्क वितरण गरिएको प्रदेश सदस्य मल्लले बताए ।

विश्वभरी फैलदै गएको कोरोनाको प्रकोपबाट बचाउन स्मृती दिवशको अवसरमा मास्क वितरण गर्नुका साथै कोरोना भाईरसबाट बच्ने उपाय बारे सचेतना दिईएको थियो ।

सरकारले जमघट,भेला,समारोह नगर्ने भनेकाले फाउण्डेसनले सडक छेउ मै व्यानर र स्र्वगिय काईरालाको फोटो राखी बाटोमा हिडडुल गर्ने सर्बसाधारणलाई मास्क वितरण गरेको थियो ।

सडक मै प्रदेश सदस्य मल्लले काईरालाले नेपालमा शान्ति ल्याउने खेलेको भुमिका, त्यो बेलाको काँगे्रस र अहिलेको काँगे्रस बारे व्याख्या गरेका थिए ।

कार्यक्रममा काँगे्रस मुगुका पदाधीकारी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधी, छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र सर्व साधारण सहभागी भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *