अष्ट्रेलियाकी क्रिकेट सुन्दरी ६ महिना मैदान बाहिर

डिसी नेपाल
१३ चैत २०७६ १९:४०

काठमाडौं । अष्ट्रेलिया महिला क्रिकेटकी अलराउन्डर एलिस पेरीको अप्रेशन सफल भएको छ र उनी अब कम्तिमा ६ महिना मैदान बाहिर रहने भएकी छिन ।

पेरी आईसीसी महिला टि २० विश्वकप लिगचरण अन्तर्गत न्युजिल्यान्डसँग भएको अन्तिम खेलमा दाया खुट्टाको मांसपेशीमा चोट लागेको थियो जसकारण उनलाई अप्रेशन गर्नुपर्ने भएके थियो । यो चोटको कारण उनी ८ मार्चमा भारतसँग भएको फाईनल खेलमा मैदान बाहिर रहेकी थिईन ।

अष्ट्रेलियन कोच म्याथ्यु माटले भने, ‘एलिसको ह्यामस्ट्रिंगको अप्र्रेशन सफल भएको छ, पहिलो चरणमा अब उनले आराम गनुपर्ने हुन्छ, उनलाई फिट हुन कम्तिमा ६ महिना लाग्नेछ र उनी दक्षिण अफ्रिका बिरुद्धको टि २० सिरीजमा टिम बाहिर रहनेछिन हाल उनी सिडनीमा आराम गरिरहेकी छिन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *