कोरोनाको महामारीविरुद्ध कर्णाली सरकारको आक्रामक रणनीति

डिसी नेपाल
१३ चैत २०७६ २०:१२

सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाईरस ९कोभिड–१९०को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ । विहीवार विहान मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठक वसी हालसम्म भएका कामको समिक्षा गर्नुको साथै आगामि दिनमा प्रतिकार्यको कामलाई तिव्र र प्रभावकारी वनाउने निर्णय गरेको छ ।

वैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको सामाधान सरकारको तात्कालिन प्राथमिकतामा रहेको वताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि वढाउन निर्देशन दिए।

विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमण समिति, आपुर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय वनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी वनाउन पनि निर्देशन गए।

वैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामाग्रि र औषधि लगायतका सामाग्रि तत्काल आपुर्तीका लागि संघीय सरकार, नीजि आपुर्तीकर्ताहरु, वाह्य आपुर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सम्भावित सवै उपायहरु अवलम्वन गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लावाट जुम्ला, कालिकोट, मुगु, र हुम्ला जिल्ला, चौरजहारी सामुदायिक अस्पत्तालवाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गरि गर्न निर्देशन गर्ने निर्णय गरेको छ ।

वैठकले प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई जिम्मेवारी दिने, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी प्रदान गर्ने, प्रदेश अस्पताल र जिल्ला अस्पतालहरुमा शंकास्पद विरामीहरुलाई आईसोलेशनमा राख्ने, उपचार गर्ने र जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकास मन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैगरि दश वटै जिल्लामा आपुर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढाको नेतृत्वमा रहेको समितिलाई थप सक्रिय वनाउने पनि वैठकले निर्णय गरेको छ ।

प्रतिकार्य तथा पूर्वतयारीका कार्यहरुमा खटने समिति तथा युनिटहरुको नियमित वैठक, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क संचालनमा ल्याउने र प्रतिवेदन, समन्वय तथा संचारको कामलाई वीद्युतीय तथा सामाजिक संजालको माध्यमवाट गर्ने निर्णय पनि वैठकले गरेको सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *