कोरोना महामारी, इटलीमा एकैदिन ९१९, स्पेनमा ७७३ जनाको मृत्यु

डिसी नेपाल
१५ चैत २०७६ ७:२६

काठमाडौँ । कोरोना भाइरसको महामारीमा परेका दुई देश इटली र स्पेनमा मयावह स्थित देखिन थालेकोे छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ९१९ जना संक्रमितको मृत्यु भएको छ । यस्तै स्पेनमा ७७३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

इटलीमा शुक्रबार मात्रै ५ हजार ९ सय ९ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना भाइरबाट संक्रमित हुनेको संख्या ८६ हजार ४ सय ९८ पुगेको छ । शनिबार बिहानसम्म इटलीमा कोरोनाकै कारण ९ हजार १ सय ३४ जनाको ज्यान गइसकेको छ।

यस्तै इटलीपछि स्पेनमा पनि कोरोनाको महामारी व्याप्त छ । स्पेनमा हिजो एकैदिन ७ हजार ९ सय ३३ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । यो सँगै इटलीमा कोरोना संक्रमितको संख्या ६५ हजार ७ सय १९ पुगेको छ । हालसम्म स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार एक सय ३८ जना मानिसको ज्यान गएको छ।

विश्वका १०२ देशका कोरोनाको महामारी हुँदा ५ लाख ९६ हजार ३ सय ४९ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २७ हजार ३ सय ४३ जना संक्रमितको ज्यान गइसकेको छ । १ लाख ३३ हजार ५७ जना मानिस उपचारपछि घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *