लकडाउन उल्लंघन गर्ने चार सय ८२ पक्राउ

डिसी नेपाल
१५ चैत २०७६ १३:३३

काठमाडौं। कोरोना संक्रमण (कोभिड १९) रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने चार सय ८२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३० जना महिला र ४ सय ५२ जना पुरूष छन् रहेको महानगरीय प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले काठमाडौंबाट ४ सय ५२ र ललितपुरबाट २५ जना पक्राउ परेको जानकारी दिए । लकडाउनको घोषणा भए पनि मानिसहरूको घरबाहिर निस्कने क्रम नरोकिए पछि प्रहरीले कडाइ सुरू गरेको हो ।

लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीको विशेष टोलि परिचालन भएको छ । प्रहरीले यसअघि पनि मानिसहरुलाई नियन्त्रण लिएर सम्झाउदै छाड्ने गरेको थियो । अहिले पनि उनीहरुलाई लिएर छाड्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *