लकडाउनका बिच दिल्लीका बस पार्कहरुमा हजारौंको भीड

डिसी नेपाल
१५ चैत २०७६ २०:३९

नयाँ दिल्ली (एजेन्सी)। कोरोना भाइरसको महामारीविरुद्ध शनिबार भारतमा लकडाउन जारी भएको चौथो दिन राजधानी दिल्लीस्थित विभिन्न बस पार्कमा हजारौं मानिसहरु आ आफ्नो घर फर्किन जम्मा भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार दिल्लीको अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेको छ।

भारतको प्रमुख विपक्षी पार्टी काँग्रेस आईकी महासचिब प्रियंका गान्धीले शनिबार दिल्लीको आनन्द विहार, गाजिवादलगायत क्षेत्रबाट महिला, बालबालिकासहित मजदुरहरु आ आफ्नो घर फर्किन सडकमा आएको बताएकी छन्। उनले यो अवस्था नियन्त्रणमा लिनसमेत सरकारसँग माग गरेकी छन्। साथै उनले भारत सरकारको आलोचना पनि गरेकी छन्।

भारतमा हालसम्म कोरोनाबाट २१ जनाको मृत्यु भइसकेको छ भने, ९०० संक्रमित भएका छन्। भारतमा २१ दिने लकडाउन जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *