कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँ आइपुग्यो
फाइल फाेटाे।
काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ । उक्त विमान कोरोना परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन हिजो शनिबार दिउँसो १२ः२० बजे चीन तर्फ उडेको थियो ।
विमानले चीनबाट स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई) सँगै अन्य महत्वपूर्ण मेडिकल उपकर ल्याएको भएपनि के–के र कुन–कुन व्यापारीका सामान ल्याएको छ भन्ने विषयमा केही खुलाईएको छैन ।
विमानमा चालक दलका चार सदस्य, दुई इन्जिनियरसहित १० जना चीन गएका थिए। यसअघि यही विमनले चीनको वुहानबाट १७५ जना नेपालीको उद्धार पनि गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment