कोरोना परीक्षण गर्ने अत्यावश्यक सामग्री लिन चीन गएको विमान काठमाडौँ आइपुग्यो

डिसी नेपाल
१६ चैत २०७६ ६:३७

काठमाडौँ । कोरोना (कोभिड–१९) भाइरस परीक्षणका लागि अत्यावश्यक सामाग्री लिएर नेपाल एयरलाइन्सको वाइड बडी विमान काठमाडौँ त्रिभुवन विमानस्थल आईपुगेको छ । उक्त विमान कोरोना परीक्षणका लागि अत्यावश्यक सामाग्री लिन हिजो शनिबार दिउँसो १२ः२० बजे चीन तर्फ उडेको थियो ।

विमानले चीनबाट स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई) सँगै अन्य महत्वपूर्ण मेडिकल उपकर ल्याएको भएपनि के–के र कुन–कुन व्यापारीका सामान ल्याएको छ भन्ने विषयमा केही खुलाईएको छैन ।

विमानमा चालक दलका चार सदस्य, दुई इन्जिनियरसहित १० जना चीन गएका थिए। यसअघि यही विमनले चीनको वुहानबाट १७५ जना नेपालीको उद्धार पनि गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *