सिद्धार्थ बैंकद्वारा कोरोना नियन्त्रण कोषमा १० लाख सहयोग

डिसी नेपाल
१६ चैत २०७६ ७:५९

भैरहवा । सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ ।

शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन् । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ।

बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पु¥याउनु महान् कार्य भएको बताए।

उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *