किसानको खेतमै सुक्यो तरकारी, काठमाडौंमा किन्न समेत पाइँदैन

डिसी नेपाल
१६ चैत २०७६ ९:१४

नुवाकोट। चीनको वुहानबाट सुरु भएको कोरानो भाइरस (कोभिड–१९) ले विश्वलाई आफ्नो चपेटामा लिएको छ। हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच पुगेको छ। तीमध्ये एक जना ठिक भएर घर फर्किएका छन्।

नेपालमा कोरोना भाइरस संक्रमित भेट्टिएपछि सरकारले मुलुकमा लकडाउनको घोषणा गरेको छ। कोरोना भाइरसबाट बच्ने सबैभन्दा उत्तम विधि भनेको सामाजिक दूरी कायम गर्ने र एकान्तवास भएका कारण सरकारले मुलुकलाई लकडाउन घोषणा गरेको हो।

सरकारले लकलाडउनलाई कडाइ गरेपछि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरलाई भने सकस भएको छ। यसैगरी नगदे वाली उत्पान गर्ने किसान पनि लकलाउनबाट प्रभावित बनेका छन्।

नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ रामेछापलगायतका जिल्लामा अहिले नगदे वाली उब्जनी भएको तरकारी बिक्री गर्न नपाएपछि उनीहरुलाई समस्या भएको हो।

तरकारी बेचेर वर्षभरीको खर्च जोहो गर्ने समयमा लकलडाउन हुँदा आफूहरुले गरेको उब्जनी गरेको तरकारीबाट बीउ, मलखादको समेत रकम नउठेपछि चिन्तित भएका हुन्।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको कडाइको उच्च मूल्यांकन गरिएपनि दैनिक जनजीविकाका विषयमा भने जनतालाई समस्या भएको उनीहरुले गुनासो गरेका छन्।

उनीहरुले आफूले मेहनत गरी उब्जाएको तसकारी खेतबारीमै सुकाउनु पर्दा निकै दुख लागेको भन्दै कसरी जीविका चलाउने भनेर चिन्तित देखिए।

धादिङकी सावित्री रेग्मी भन्छिन् ‘मेरो खाने बाटो भनेकै अहिलेको तरकारी सिजन हो। बारीभरी काक्रोको चिचिला छन्, काउली र बन्दाको त बिजोग नै भयो। आफूले गरेको खेतीको यो बिजोग देख्दा खाना पनि रुच्न छोड्यो।’

व्यापारीले धमाधम पसल र व्यापार बन्द गरेपछि किसानलाई चिन्तित बनेका छन्। नुवाकोटका रामशरण वस्तीको पनि कथा त्यस्तै छ। ‘खेतभरी फर्सी छन्, व्यापारी आउनै छोडे। बाली लगाउन त मेहनत गरेर लगाएको थिएँ। तर लगानी पनि उठेन खै समयले गरेको कुरा कसलाई दोष लगाउनु?’, उनले भने।

काठमाडौंबासीले हरियो तरकारीलाई लकडाउनमा पहिले भन्दा तेब्बर महंगोेमा खरिद गरेको भन्ने समाचार आइरहँदा आफ्नो खेतीको बिजोग हेर्न बाध्य काभ्रेकी राधिका खरेल पनि चिन्तित छिन्।

उनी भन्छिन ‘बारिभरी तरकारी छ, बोलेक बेच्न लैजाने ठाउँ छैन चिन्ता लाग्छ। हिजो समाचारमा हरियो तरकारीलाई डबल तेब्बर मूल्य भन्ने सुन्दा त अचम्म लाग्यो।’ हु

न त लकडाउन गर्नुलाई नराम्रो दृष्टिकोणले हेरिनु गलत हो। तर सँगै किसानका यी समस्यालाई पनि गम्भीरता पूर्वक लिन जरुरत छ। रामेछापका रवि खड्काको गुनासो यस्तो छ। उनी भन्छ्न, ‘बिजोग छ, तरकारी मेहनत गरेर लगाइयो, अहिले गाउँमा नबिकेर हैरान भएको छ।’

सिन्धुपाल्चोकको समीर न्यौपानेले पनि उस्तै तर्क गरेका छ्न। उनले भने, ‘व्यापारीले ध्यान दिँदैनन् अस्ती पठाएको बरेला २ रुपैयाँ केजी भन्छन् रे। नहुनु भन्दा त त्यही पनि हुन्छ भनेर दिन्छौं बिउको पनि रकम उठेन, बिजोग छ यसरी कतिन्जेल चलाउन सकिन्छ खै।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *