एनबीए बास्केटबल खेलाडीहरूले कोरोना भाइरसलाई पराजित गरे
काठमाडौं । विश्व कोरोना भाइरसको महामारीको पासोमा परेको छ र हजारौं व्यक्तिहरुले अहिलेसम्म ज्यान गुमाईसकेका छन, तर केही भाग्यमानी खेलाडीहरु पनी रहेका छन् जो यस भयानक रोगबाट मुक्त भईसकेका छन्। राष्ट्रिय बास्केटबल संघ (एनबीए) का अनुसार रुडी गोबर्ट र डोनोभन मिशेलले यो माहामारी संगको लडाईमा जित हातपारेका छन ।
एनबीएले शनिबार यूटा ज्याजलाई उद्धृत गरेको भनाईमा यूटा ज्याजका खेलाडीहरू गोबर्ट र मिशेल कोरोना भाइरसको संक्रमण निको भइसकेका छन्। यूटा ज्याजका सबै खेलाडी तथा स्टाफहरुमा कोरोना निगेटिभ देखिएको छ । टोलीका अनुसार दुई खेलाडीहरूमा मात्र कोरोना पोजेटिभ देखिएको तर अब उनीहरू पनी निको भईसकेका छन ।
यूटा ज्याजले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ः रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र एनबीएका सुझाव अनुसार सबै खेलाडी र कर्मचारीहरूले आफ्नो घरबाटै आवश्यक गतिविधिहरू सञ्चालन गर्नेछन् र सामाजिक दूरी कायम गर्नेछन्। स्वास्थ्य विभागका अनुसार आफ्ना खेलाडी र कर्मचारीलाई भने अब संक्रमणको कुनै जोखिम रहेको छैन ।
गोबर्ट मार्च ११ मा कोरोनाभाइरस संक्रमित फेला परेका थिए र यस रोगको सिकार हुने पहिलो एनबीए खेलाडी हुन, उनी संक्रमण भएको पुष्टि भए पछि लिग अनिश्चितकालीन स्थगित गरिएको छ ।
यसैबीच डेट्रोइट प्रिस्टन्सका क्रिश्चियन वुड पनि कोरोनाबाट निको भएका छन। वुड कोरोनाबाट संक्रमित हुने तेस्रो खेलाडी थिए। उनी बाहेक अन्य धेरै एनबीए खेलाडीहरूमा कोरोना पोजेटिभ पाइएको छ। लज एन्जेलिस लेकर्सका केभिन दुरन्तमा पनी कोरोना पोजेटिभ देखिएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment