स्मिथको प्रतिबन्ध सकियो, अब कप्तानी गर्न पाउने

डिसी नेपाल
१६ चैत २०७६ १७:४१

एजेन्सी । अष्ट्रेलियन ब्याट्सम्यान तथा पूर्व कप्तान स्टिभ स्मिथको दुई वर्षे कप्तानी प्रतिबन्ध आइतबारबाट सकिएको छ । प्रतिबन्ध फुकुवासँगै अब स्मिथले अन्तराष्ट्रिय तथा घरेलु क्रिकेट लिगमा कप्तानी गर्न पाउने भएका छन् ।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध बल टेम्परिङको आरोपमा स्मिथलाई अन्तराष्ट्रिय क्रिकेटमा कप्तानी गर्न प्रतिबन्ध गरिएको थियो । स्मिथसँगै थप दुई खेलाडीलाई निश्चित समयको लागि क्रिकेट खेल्न प्रतिबन्ध लगाईएको थियो ।

अहिले अष्ट्रेलियाको टेष्ट टिमको कप्तानी टिम पेनेले सम्हाल्दै आएका छन् । यस्तै सिमित ओभरको क्रिकेटमा आरोन फिन्चले कप्तानी गर्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *