चीन आइस हक्की टीमका दुई महिला खेलाडी कोरोना संक्रमित
काठमाडौं । अमेरिकाबाट फर्केका चिनियाँ आइस हक्की टोलीका दुई महिला खेलाडी कोरोनाबाट संक्रमित भेटिएका छन। चाइना आइस हक्की एसोसिएसनले आइतवार दिएको जानकारी अनुसार टोलीले मार्चमा पोल्याण्डमा हुने वर्ल्ड च्याम्पियनशिपको तयारीका लागि अमेरिकामा प्रशिक्षण गरिरहेको थियो तर कोरोना भाइरसको कारण च्याम्पियनशिप रद्द गरियो।
हक्की एसोसिएसनको विज्ञप्तिमा भनिएको छ कि जब टोली मार्च १३ मा अमेरिकाबाट फर्केका थियो, उनीहरुको शरीरको तापक्रम नापीएको थियो तर त्यसबेला कसैलाई ज्वरो थिएन। खेलाडीहरुलाई १४ दिनसम्म अलग्गै राखियो, जहाँ दुई खेलाडी कोरोना पोजेटिव भेटिए। ति दुई खेलाडीहरू उपचारको क्रममा छन् र टोलीका अन्य खेलाडीहरू क्वारेन्टाइनमा रहेका छन ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment