महामारीका कारण लण्डनको हिथ्रु एयरपोर्ट बन्द हुने

डिसी नेपाल
२१ चैत २०७६ १०:५२

बेलायतको सबैभन्दा ठूलो र अति व्यस्त रहने हिथ्रु एयरपोट आउँदो सोमबारदेखि बन्द हुने भएकोछ। कोरोनाका कारण बेलायतमा गत केही दिनदेखि मर्नेहरूको संख्या निकै बढ्दो छ भने हिजो र आज दुई दिनमा मात्रै एक हजारभन्दा बढीको ज्यान गइसकेकोछ।

सामाजिक दुरी कायम गर्न सरकारले अत्यावश्यकबाहेक अधिकाशं पसलहरू बन्द गर्न भनेपछि अहिले बेलायत सुनसान छ। विमानस्थलमा काम गर्ने कर्मचारी एवं यात्रुहरूको सुरक्षाका कारण यो कदम चाल्नु परेको हिथ्रु विमानस्थल व्यवस्थापन समितिले बताएकोछ।

शुरुमा केवल एउटा मात्र रनवे बन्द गरेर अर्को रनवे बाट यात्रुहरूलाई सेवा दिने भनेर घोषणा गरे पनि केही घण्टा पछि फेरि दुबै बन्द गर्ने निर्यण लिएका थिए।

केही महिनाअगाडि मात्र यो विमानस्थलको तेस्रो रनवेको काम थालनी भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *