फर्मुला वन रेसमा भाग लिदै क्रिकेटर बेन स्टोक्स
काठमाडौं । इङल्यान्डलाई क्रिकेट विश्वकप जिताउन अहम भुमिका खेल्ने वेन स्टोक्स छिटै एफवन रेसमा देखिने भएका छन । कोरोना भाइरसको कारण विश्वभरी क्रिकेट खेलहरु स्थगित भएको अवस्थामा वेन स्टोक्सले नयाँ खेलप्रति आफ्नो रुची देखाएका छन ।
उनको नया खेलप्रतिको रुची उनका फ्यानहरुले यो हप्ता देख्न पाउने भएका छन । वेन स्टोक्स संगै यो रेसमा लेकरेक, रेडबुलका एलेक्स अल्बन, विलियम्स जर्ज रसेल, म्याकलेरन के लेन्डो लोरिस र विलियम्स निकोलस जस्ता महान खेलाडीहरुले सहभागिता जनाउदै छन । रेसमा वेन स्टोकका जोडिको रुपमा रेडबुलका एलेक्स अल्बन देखिेनेछन ।
आईतबार मेलबर्नको एल्बर्ट पार्कमा एफ वन एस्पोर्ट्स भर्चुवल ग्रान्ड प्रि आयोजना हुदैछ । करिब २८ ल्यापको यो रेसको प्रत्यक्ष प्रसारण यूट्यूब, फेसबुक र ट्विटर बाट गरिनेछ साथै खेलको छनौट रेस पनी हुनेछ ।
एफवनका डिजिटल बिजनेस तथा स्पोटर्सका प्रमुख जुिलयन टेनले भने – बहराईन ग्रान्ड प्रि को पहिलो स्पोटर्स सफल आयोजना पछि हामी फेरि एकपटक यो रेसलाई फ्यान्सहरु माझ ल्याउन एकदमै उत्साहित भएका छौ । पहिलो रेस गत हप्ता बहराईनमा भएको थियो जाहा चीनका टेस्ट ड्राईभर गुयानयुले जितेका थिए ।







डिसी नेपाल








Facebook Comment