वेस्टईन्डिज दोस्रो पटक टि २० वर्ल्ड च्याम्पियन बन्दा फाइनलमा बनेका विश्व कीर्तिमानहरु

डिसी नेपाल
२१ चैत २०७६ १३:१९

काठमाडौं । कलकत्ताको ईडन गार्डेन मैदानमा ईङल्यानड र वेस्टईन्डिज बिचको त्यो फाईनल खेल जाहा वेस्टईन्डिज लाई ईतिहास बनाउन अन्तिम ६ बलमा १९ रनको आबश्यकता थियो । दुबै टोलिको लागी यो जित ईतिहासमा दोस्रो पटक टि २० विश्व च्याम्पियन बन्ने अबसर रहेको थियो । वेस्टईन्डिजका मार्लोन स्यामुयल्स राम्रो खेलिरहेका थिए तर दुर्भाग्य स्ट्राइक उनको हातमा नभएर कार्लोस ब्रेथवेट को हातमा थियो ।

टेलिभिजनमा वेस्टईन्डिजका फ्यानहरुको मनमा थियो यदि स्टा्रईक मार्लोन स्यामुयल्सको हातमा भएको भए जित्ने सम्भावना धेरैनै छ तर भनिन्छ नि क्रिकेटमा अन्तिम बल न फ्याकुन्जेल सम्म यो खेल सकिदैन भनेर । यता बलिङमा ईङल्यान्डका बेन स्ट्रोकस रहेका थिए, उनले बल फ्याक्न सुरु गरे र ब्रेथवेटले २० ओभरको पहिलो देखी चौथो बलमा लगातार चार छक्का प्रहार गरे । एकसमय त यो सोच्न पनी गाह्रो भईरहेको थियो कि यो कसरी सम्भव भयो भनेर ? तर ब्रेथवेटको उत्कृष्ट पारीको विश्वभरीनै चर्चा चल्यो र डेरेन सामीको कप्तानीमा वेस्टईन्डिज दोस्रो पटक टि २० विश्व च्याम्पियन बन्न सफल भयो ।

फाइएनलमा मार्लोन स्यामुयल्सले ८५ रनको पारी जुन आफैमा एउटा विश्व रेर्कड भएको थियो । यो भन्दा अगाडी यो रेर्कड स्यामुयल्सकै नाममा थियो जुन उनले २०१२ को टि २० विश्वकपमा ७८ रन लिएर बनाएका थिए । यो बाहेक स्यामुयल्सको नाममा २ पटक टि २० विश्वकपमा म्यान अफ दि म्याच प्राप्त गर्न रेर्कड पनी बन्न गयो जुन उनले १०१६ बाहेक २०१२ वल्र्डकपको फाईनलमा भएका थिए ।

वेस्टईन्डिजले फाईनलमा १५६ रनको लक्ष्य पाएको थियो जुन प्रतियोगिताको फाईनलमा सबैभन्दा बढी स्कोरको लक्ष्य पुरा गर्ने रेकर्ड पनी हो हो । वेस्टईन्डिजले २ पटक टि २० वल्र्डकप जित्ने अर्को रेर्कड पनी बनाएको थियो । अझै रोचक रेकर्ड त के रहेको थियो भने सोही दिन वेस्टईन्डिजको महिला टोलिले पनी आईसिसि महिला टि २० विश्वकप जितेको थियो । वेस्टईन्डिजका डेरेन सामिले आफ्नो कप्तानीमा वेस्टईन्डिज लाई २ पटक टि २० विश्वकप जिताउने कप्तानको रेकर्ड पनी बनाउन सफल भएका थिए । यो संगै यो फाईनलमा रेर्कड नै रेर्कड बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *