सरकारले गर्‍यो लकडाउनमा कडाई, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

डिसी नेपाल
२२ चैत २०७६ २०:२४

काठमाडौं । कोरोना भाइसर (कोभिड–१९)को संक्रमण बढन थालेपछि सरकारले लकडाउनलाई अझै कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदको वैठकका निर्णय सुनाउदै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले लकडाउनलाई कडाइ गर्नु परेको बताए ।

उनका अनुसार सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको हो । याे सँगै कोरोना संक्रमण बढन थालेपछि र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय पनि सरकारले गरेकाे छ ।

शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउन थप गर्नेबारे भने कुनै निर्णय नलिएको बताए । । उनले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी पनि दिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म ९ जना संक्रमित भएका छन् । गत चैत्र ११ गतेदेखि सरकारले कोरोनाको प्रकोप न्यूनिकरणका लागि लकडाउन सुरु गरेको थियो । पहिलो चरणको चैत १८ गतेसम्म घोषणा गरिएकोमा पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ ।




प्रतिक्रिया

One thought on “सरकारले गर्‍यो लकडाउनमा कडाई, एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

  1. please nepal sarkar lockdown ajhai badaunu parchha chaitra 25 gate samma ko lockdown le pugdaina yedi covid 19 control ma rakhne ho bhane lockdown ko abadhi ajahi badaunu parchha

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.