टोकियो ओलम्पिकका लागि फुटबलरहरूको उमेर सीमा बढ्यो
काठमाडौं । फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिकका लागि फुटबल खेलाडीहरूको उमेर सिमा बढाएको छ। फिफाका अनुसार अब १ जनवरी १९९७ वा त्यसपछि जन्मेका फुटबलर हरुले ओलम्पिकमा भाग लिन सक्षम हुनेछन्।
टोकियो ओलम्पिक एक बर्ष बढाउने निर्णयसंगै फिफाले उमेर सिमा बढाएको हो। ओलिम्पिक फुटबलमा २३ बर्ष मुनिका खेलाडीहरू मात्र खेल्न पाउने प्राबधान छ। तर कोरोनाभाइरसका कारण, खेलहरू एक बर्ष बढाइएको छ । त्यसकारण ओलम्पिक फुटबल प्रतियोगिताको उमेर सीमा बढाउने माग गरिएको थियो ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment