टेस्ट क्रिकेटको ईतिहासमा सबै भन्दा ढिलो शतक प्रहार गर्ने खेलाडी

डिसी नेपाल
२४ चैत २०७६ १९:३५

काठमाडौं । हामी प्राय क्रिकेटमा सब भन्दा छिटो रेर्कडहरुको कुरा गर्दछौं । जस्तै छिटो शतक, सबै भन्दा छिटो अर्धसतक, सबै भन्दा छिटो विकेट, तर पाकिस्तानका मुद्दसार नासर सबै भन्दा ढिलो शतकका लागि चर्चित छन । उनले १९७६ मा इङल्यान्ड बिरूद्धको टेस्टमा सबै भन्दा ढिलो शतक प्रहार गर्ने अचम्मको रेर्कड बनाएका छन । मुद्दसारले ढिलो पारीको सतक आफ्नो गृह मैदान गद्दाफी स्टेडियम (लाहौर) मा बनाएका थिए ।

उक्त खेलमा ओपनरको रूपमा मैदानमा आएका मुद्दसारले करिब ५९१ मिनेट क्रीजमा बिताएका थिए । उनले ५५७ मिनेट ब्याटिङ गरेपछि आफ्नो शतक पूरा गरेका थिए । उनले ११४ रनको इनिङको लागि ४४९ बलको सामना गरेका थिए । उनको सबैभन्दा ढिलो शतकको हिसाबले यो अझै विश्व कीर्तिमान रहेको छ ।

टेस्ट इतिहासको सब भन्दा ढिलो शतकको यो रेकर्ड पहिला दक्षिण अफ्रीकाका पूर्व ओपनिंग ब्याट्सम्यान डीजे म्याकगु्लुको नाममा थियो, मुदासार अघि उनले अस्ट्रेलिया विरूद्धको डरबन टेस्टमा ५४५ मिनेट ब्याटिङ गरेर आफ्नो शतक पूरा गरेका थिए । यस खेलमा म्याक ग्लूले ५७५ मिनेट ब्याटिङ गरेर १०५ रन बनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *