खेलाडीहरूको शारीरिक दूरी ध्यानमा राख्दै बायर्न म्युनिकले सुरु गर्यो अभ्यास

डिसी नेपाल
२५ चैत २०७६ ११:५१

काठमाडौं । जर्मनीको फुटबल क्लब बायरन म्युनिकले कोरोना भाइरसको सन्त्रासको बिचमा आफ्नो अभ्यास सुरु गर्दे विश्वभरका फुटबल प्रेमीहरूको मनमा आशाको सन्चार जगाएको छ । पहिलो पटक बुन्दिशलिगाको खेल कोविड १९ को कारण स्थगित भएसंगै युरोपका शीर्ष टोलीमध्ये एक बायरन म्युनिकले अभ्यासमा फर्कने निर्णय गरेको हो। गत १७ मार्चमा खेल रोकिदा बार्यन चार अंकको साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

बायर्न म्युनिकका खेलाडीहरुले अहिले स–साना समूह बनाएर अभ्यास गरिसकेका छन। अभ्यासको दौरान खेलाडीहरूले शारीरिक दूरी पनी कायम राखेका छन । जब खेलाडीहरु मैदानमा पुगे उनीहरुले एक अर्कासँग हात मिलाएनन् र अंकमाल पनी गरेरन । साथै उनीहरुले कुनै ट्याकलहरू पनी गरेनन्।

कप्तान मनुएल न्युयर, रोबर्ट लेवन्डोव्स्की र थोमा मुलरले १.५ मिटरको दुरीबाट एक अर्कासँग अभ्यास गरेका थिए। २१ सदस्यीय टोलीलाई पाँच समूहमा विभाजन गरिएको थियो। यस बाहेक खेलाडीहरूलाई लन्च बक्स दिइन्थ्यो जसमा उनीहरूको खाना रहेको थियो ।

साथै अन्य क्लबहरूले पनि  अभ्यास ध्यानपूर्वक शुरू गरेको छ । बोरुसिया डोर्टमन्डका खेलाडीहरूले अभ्यास सत्र पछि नुहाउन बाहेक कुनै खाना खाएनन् र दौडमा आफ्नो ध्यान केन्द्रित गरे। फ्रिबर्ग जर्मनीको एक मात्र क्लब हो जसले समूहमा यस हप्ता अभ्यास नगर्ने निर्णय गरेको छ। खेलाडीहरु अहिले व्यक्तिगत रूपमा काम गरिरहेका छन्। अर्कोतर्फ भेडर ब्रेमेन पनि समूहमा अभ्यास गर्न असमर्थ रहेको क्लबले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *