फुटबल सिजन अनिश्चित कालसम्मको लागी बढनसक्ने – फिफा

डिसी नेपाल
२५ चैत २०७६ १६:०९

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वव्यापी महामारी कोरोना भाइरस (कोविड–१९) को बढ्दो प्रकोपलाई ध्यानमा राख्दै २०१९–२० को फुटबल सत्र अनिश्चित कालसम्म विस्तार गर्ने विचार गरिरहेको छ। फिफाले सोमबार आफ्नो पोर्टल मार्फत उक्त कुराको जानकारी दिएको छ ।

फिफाको योजनामा घरेलु फुटबल लिगलाई यो सिजन अन्त्य गर्न अनुमति दिईनेछ । फिफाको पोर्टलको अनुसार मंगलबार फिफाले आफ्ना अरु कार्ययोजनाहरु बारे जानकारी दिनेछ।

विश्वभरका धेरै फुटबल लिगहरू कोरोनाका कारण बन्द गरिएका छन्। स्पेनको बार्सिलोना र एलेटिको म्याड्रिडले उनीहरूका खेलाडीहरूको शुल्कमा कटौतीको घोषणा गरेका छन्। साथै इटालीको फुटबल क्लब जुभेन्टसका पाउलो डिबाला, ब्लास माटुडी र डेनियल रुगानी लाई गत मार्चमा कोरोना पोजिटिभ देखिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *