कोरोना विरुद्ध साढे ३ करोड खर्चदै मुगुका स्थानीय तह

डिसी नेपाल
२८ चैत २०७६ १६:४८

मुगु । यहाँका स्थानीय सरकारहरुले आफनै विपद व्यवस्थापन कोष स्थापना गरि कोरोनाभाईरस विरुद्घका कार्यमा खर्च गर्न थालेका छन् ।

लकडाउन शुरु भएको तेसो्र हप्ता लाग्दा पनि कहि कतैबाट सहयोग नभएपछि यहाँका स्थानीय सरकारहरुले आफ्नै पालिकाको विपद व्यवस्थापन कोष खोली सोही कोषबाट कोरोनाभाईरस रोकथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्न थालेका हुन् ।

स्थानीय सरकारहरुले आर्थिक बर्ष २०७६/०७७ का लागी आफ्ना बजेट बाँडफाँड गरिसकेकाले चैत महिनामा आकस्मिक कोरोनाभाईसरका लागि बजेट जोहो गर्न गाह्रो भएको थियो । तत्काल संघीय तथा प्रदेश सरकारहरुबाट आर्थिक तथा अन्य सहयोग भए क्रमशः बजेट रकामान्तर गरेर पालिकाहरुले व्यवस्था गर्ने सोचेका भएपनि कतैबाट पनि समय मै सहयोग उपलब्ध नभएपछि स्थानीय सरकारहरुले कार्यपालिकाहरुको बैठकबाट निर्णय गदै स्वास्थ्यकर्मीहरुका लागी आवश्यक पीपिई सेट, औषधी, राहत सामगी्र, क्वारेन्टाईनमा आवश्यक पर्ने सामग्री, सर्वसाधारण जनतालाई मास्क, सावुन र सेनिटाईजर खरिदका लागी बजेट रकमान्तर गरेर विपद व्यवस्थापन कोषमा रकमछुटाई खर्च गर्न थालेका छन ।

जिल्लामा रहेका चारवटा स्थानीय सरकारहरु मध्य छायाँनाथरारा नगरपालिकाले कोषमा १ करोड १० लाख रकम छुटाएको छ । नगर प्रमुख हरिजंग शाही छुटाएको रकम स्वास्थ्यकर्मी तथा कर्मचारीलाई प्रोत्सान भत्ता, २० वटा पिपिई सेट, २६ हजार मास्क, २६ हजार साबुन, क्वारेन्टाईन, स्वास्थ्य सहायता कक्ष व्यवस्थापन, सर्जिकल मास्क, हेन्ड सेनिटाईजर, सर्जिकल ग्लोप्स, फिभर गन, विपन्न तथा ज्यालादारी कामदारहरुका लागी खाद्यान्न सहयोगमा खर्च हुने बताछन् । नगर कार्यपालिकाले निर्णय गरेर आवश्यक पर्ने स्वास्थ्य सामग्री र अन्य राहत सामग्रीहरु खरिद भएर जिल्ला प्रशासन कार्यालय मुगुको सहजीकरणमा नगरपालिकामा आईसकेकाले हेल्पडेक्स, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, संचारकर्मी र स्थानीय जनता छिटै वितरण गर्ने नगर प्रमुख शाही बताउछन्। विपद कोषका लागी नगर कार्यपालिकाले १४ वटै वडाहरुमा छुटाएको बजेट शिर्षकबाट प्रति वडा ७ लाख ५० हजारका दरले रकामान्तर गर्ने र अपुग रकम नगरपालिकाले व्यवस्था गर्ने निर्णय भएको थियो ।

कार्मारोङ्क गाँउपालिकाले आफ्नो विपद कोषका लागी २३ लाख छुटाएकोमा १३ लाख मास्क, सावुन, राहत, क्वारेन्टाइृन व्यवस्थापनमा खर्च भैसकेको र बाँकी १० लाख र अन्य संघ सस्थाबाट प्राप्त हुने रकम स्वास्थ्य सामग्री, औषधी खरिद र आकस्मिक घटनामा खर्च गर्ने गाँउपालिका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा बताउछन् । प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाही यो गाँउपालिकामा थोरै जनसंख्या भएकाले सबै खर्च गरेर ३०/४० लाख खर्च हुने र बढीमा २५ प्रतिसतसम्म मात्र रकमान्तर गर्न मिल्ने भएकाले यो भन्दा बढीको खर्चका लागी प्रदेश, संघिय सरकार र सहयोगीदाताहरु कै भर पर्नु पर्ने अवस्था रहेको बताउछन् ।

खत्याड गाँउपालिकामा आजको मितीसम्म विपद व्यवस्थापन कोष खोलीएको छैन, कोरोना विरुद्घको खर्च गाँउपालिकाका विभिन्न खर्च शिर्षकहरुबाट हुँदै आएको छ , पालिकामा कृयाशिल सहकारी वित्तिय सस्था र गैर सरकारी संघ सस्थाहरुबाट १९ लाख बराबरको रकम कोषमा सहयोग गर्ने प्रतिवद्घ आएको र छिटै कानुनी प्रावधान बुझी विपद व्यवस्थापन कोष खोल्ने र सो खातामा प्रदेश सरकारको पनि सहयोग आउने अध्यक्ष उब्जन शाही बताउछन् ।

पहिलो चरणमा हेल्थ डेक्समा खटिएका स्वास्थ्यकर्मीहरु र गाँउपालिकामा रहेका विपन्न, गरीव, मजदुरी गरी खाने परिवारका लागी खाद्य सामग्री खरिद गरिएको र दोस्रो चरणमा स्वास्थ्यकर्मीहरुका लागि पीपिई सेट, औषधी, मास्क, सेनिटाइजर, सावुन जस्ता सामगी्रहरु खरिद गर्ने र यी सबै जोडेर १ करोडसम्म रकम खर्च हुने अनुमान आफुले गरेको पनि अध्यक्ष शाही बताउछन् ।

यता सोरुगाँउपालिकाले पनि विपद व्यवस्थापन कोषका लागी बुधबार नै गाउँ कार्यपालिकाबाट निणर्य गदै ७५ लाख रुपैयाँ छुटाएको छ, सोही कोषबाट गाँउपालिकाले कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण रोकथाम, उपचार तथा राहत अन्य खर्च गर्नेछ । गाँउपालिका अध्यक्ष लोक बहादुर शाही शुरुमा अकस्मत यो कोरोना बारे खर्च कसरी जोहो गर्ने भनेर अलमलमा परेपनि गाउँ कार्यपालिकाले आफ्ना सेवा सुविधाहरु कटौती गदै विनियोजित बजेट पनि रकमान्तर गरेर कोरोना भाईरस रोमथाम, नियन्त्रण, उपचार र राहतमा खर्च गर्ने निर्णय गरेपछि हाल सोहि अनुसार खर्च भैरहेको बताउँछन्। आफ्नो गाँउपालिकामा मास्क र सावुन वितरण भैरहेको र स्वास्थ्य सामग्री खरिदका लागी सेवा प्रदायक कम्पनी फर्मसंग समन्वय भैरहेको र चैत मसान्त बा बैशाखको पहिलो हप्तासम्म गाउँपालिकामा सामग्रीहरु आईपुग्ने अध्यक्ष शाही बताउँछन् ।

स्थानीय सरकारहरुले विकटका, सडकहरुको गुणस्तर नहुँदा र समय मै सामग्री प्रदायक फर्म कम्पनीहरुले उपलब्ध नगरि दिँदा आफुहरुलाई समस्या हुने गरेको बताएका छन हेलिकप्टरबाट चार्टरको व्यवस्था मिलाउँदा भने खर्च धेरै हुन्छ स्थल मार्गबाट अवस्था भनी साध्य छैन । कति कठिनाई झेल्नु पर्छ पालिका प्रमुखहरु भन्छन् । प्रदेशले उपलब्ध गराएका न्यून स्वास्थ्य सामग्रीहरु १ हेल्थ डेस्कमा पनि पुग्दैन । नाम मात्रको सहयोग छ पुरै आफै व्यवस्था मिलाउनु पर्छ उनिहरुको गुनासो छ ।

अहिलेको अवस्थामा मुगुमा अधिकांश जनताहरु १ देखि ३ महिनासम्म खानपुग्ने र खेतीपाती पनि गर्ने भएकाले तत्काल यहाँका जनताहरुमा खाननपाएर भोकै बस्नु पर्ने अवस्था छैन, त्यसैले राहतलाई अवस्था हेरी लकडाउन लम्बिएमा २ वा ३ महिनापछि वितरण गर्नुपर्ने र तत्काल स्वास्थयकर्मीका लागी स्वास्थ्य सामग्रीहरु, सरसफाईका सामगी्रहरु र जनचेतनामा स्थानीय सरकार लाग्नु पर्ने नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल सुझाउछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *