निर्धक्क भएर काम गर्नुहोस् सरकार साथमा छ : स्वास्थ्य राज्यमन्त्री

डिसी नेपाल
२८ चैत २०७६ २२:०१

जाजरकोट । कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गरेका छन्।

शुक्रबार जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्दै मन्त्री रावतले सो कुरा बताएका हुन्। सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे ।

मन्त्री रावतले भने, ‘स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो सङ्कटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्ने पर्छ ।’ जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत उनले बताए । केही स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *