३८ देशका ५०० वैज्ञानिकले बनाए प्रश्नावली, मलासा चाखेर थाहा हुन्छ कोरोना होकि होइन?

डिसी नेपाल
१ वैशाख २०७७ ११:२१
4
Shares

काठमाडौं। अब चाँडै कोरोना संक्रमितले घरमै बसेर कोरोना संक्रमणका लक्षणको सही उपचार गर्न सक्नेछन्। विश्वका विभिन्न ३८ देशका ५ सय वैज्ञानिकले एक प्रश्नावली तयार गरेका छन्। यसबाट व्यक्तिमा कोरोना संक्रमण वा अन्य फ्यू भएको हो भन्ने थाहा पाउन सकिनेछ।

कोरोना सक्रमण र अन्य फ्यूका विरामीको लक्षण उस्तै हुन्छ। यस्तोमा कोरोनाको हो वा अन्य फ्यू भन्ने छुट्टाउनसमेत गाह्रो हुन्छ।

वैज्ञानिकहरुले जुन प्रश्नावली तयार पारेका छन्, यो एक किसिमको सर्वे हो। यसमा तपाइँको किचनमा उपलब्ध मसाला र जडिबुटी चाखेर तपाइँले उत्तर दिनुपर्नेछ। यसकै आधारमा परिणाम पनि थाहा हुन्छ।

भारतबाट सेन्ट्रल साइन्टिफिक इंस्ट्रूमेन्ट अर्गनाइजेशन (सीएसआईओ) का डा. रितेश कुमार, डा. अमोल पी. भोंडेकर र डा. रिशमजीत सिंह पनि यो समूहमा काम गरिरहेका छन्।

टाटा इन्स्टिट्यूट अफ फण्डामेन्टल रिसर्च, नेशनल सेन्टर फर बायोलोजिकल साइंसेज र आईआईटी दिल्लीका वैज्ञानिक पनि सहभागी छन्। यो समूहले श्वासप्रश्वासको विमारी हुँदा सुँघ्ने र स्वाद आउने शक्ति कम हुने थ्योरीमा काम गरिरहेका छन्।

यतिबेला रोयल सोसइटीका फेलोशिपमा बेलायतमा रहेका डा. रितेशले सार्सपछि दक्षिण कोरियाले सबैभन्दा पहिला यसको अध्ययन गरेको बताए। उक्त अध्ययनमा यस्ता संक्रमणमा ३० प्रतिशत केश स्वाद र गन्ध लिने क्षमतामा असर पर्ने खालका हुन्छन्।

जुन देशका एथिकल क्लियरेन्स प्राप्त भएको छ त्यहाँ अस्पतालमा पनि लागू गरिएको छ। भारतीय वैज्ञानिकले पनि सुँघ्ने क्षमतालाई जाँच गर्नका लागि प्रश्नावली र एप तयार पारेका छ

यसलाई भारतमा लागू गर्नका लागि एथिकल अप्रुभलको प्रतिक्षा छ। करिव डेढ दशकदेखि स्वाद र सुगन्धसँग जोडिएर काम गरिरहेका डा. अमोलले अप्रुभलपछि यो प्रश्नावली र ऐपलाई भारत सरकारको अयोग्य सेतुसँग जोड्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *