विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले कति रकम दिन्थ्यो ? सहयोग रोकिँदा कस्तो असर पर्छ ?
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिका सरकारले दिँदै आएको रकम रोक्न आदेश दिएका छन् । डब्लुएचओले पक्षपात गरेको र चीनको पक्ष लिएको आरोप लगाउँदै उनले यस्तो आदेश दिएका हुन् । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि पारदर्शिता नदेखाएको समेत आरोप लगाएका छन् । विश्व स्वासथ्य संगठनको तर्फबाट उठाइएका कदम चीनका लागि सहयोगी भएको उनले आरोप लगाए । विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सबैभन्दा धेरै रकम दिने गरेको हुँदा हुँदै पनि अमेरिकामाथि पक्षपात गरिएको ट्रम्पको आरोप थियो ।
डब्लुएचओलाई अमेरिकाले कति रकम दिन्छ ?
विश्व स्वास्थ्य संगठन संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । यसले विश्वभर सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्छ । डब्लुएचओले विश्वभरी स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम संचालन गरिरहेको हुन्छ । यी कार्यक्रम संचालन गर्नको लागि विश्वभरीका देशहरुले डब्लुएचओका लागि लगानी गर्छन् । डब्लुएचओमा लगानी गर्ने देशहरुमध्ये अमेरिका सबैभन्दा धेरै लगानी गर्ने देश हो ।
अमेरिकाले गत वर्ष डब्लुएचओलाई ४ सय मिलियन डलर दिएको थियो । यो रकम डब्लुएचओको कूल बजेटको १५ प्रतिशत हुन आउँछ । यो फण्डिङको तुलना चीनसँग गर्ने हो भने चीनको लगानी भने निकै कम देखिन्छ । गत वर्ष चीनले डब्लुएचओलाई ७६ मिलियन डलर दिएको थियो । यसबाहेक १० मिलियन डलरको अतिरिक्त सहयोग गरेको थियो ।
अब यदि अमेरिकाले यो लगानी रोक्यो भने डब्लुएचओको कार्यक्रम संचालनमा ठूलो धक्का लाग्नेछ । यसको पुष्टि स्वयं विश्व स्वास्थ्य संगठनले गरेको छ । अमेरिकाले लगानी रोक्ने निर्णय गरेपछि डब्लुएचओले यस किसिमको निर्णय गर्ने यो सही समय नभएको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले गएको मार्च महिनामा एक अभियान चलाएको थियो । यो अभियान अन्तर्गत उसले कोरोनाभाइरस महामारीसँग लड्नको लागि विभिन्न देशहरुसँग सहयोग संकलन गरेको थियो । यो अभियानमा अमेरिका र चीन सबैभन्दा धेरै सहयोग गर्ने देशहरुमध्येका थिए । डब्लुएचओको वेबसाइटमा दिइएको जानकारी अनुसार कोरोना महामारीसँग लड्नको लागि चीनले २ करोड १ लाख डलर सहयोग गरेको थियो । अमेरिकाले १ करोड ४६ लाख ९४ हजार ६५० डलर सहयोग गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
राजा बिना राज्य अड्किदैन अमेरिका को सहयोग बिना WHO नचल्ने हैन सहि लाई सहि गलत लाई गलत भन्नै पर्यो त्यो मुला ट्रम्स घमन्डी भयेर हुन्छ र तेस्को घमन्ड ले आफै लाई सिध्याउछ Good job WHO