आजै अध्यादेश फिर्ता लिने प्रधानमन्त्रीको तयारी

डिसी नेपाल
१२ वैशाख २०७७ १०:०६

काठमाडौं। चौतर्फी विरोध र आलोचनापछि प्रधानमन्त्री केपी ओलीले आजै सोमबार  जारी गरिएका  अध्यादेश फिर्ता लिने तयारी गरेका छन्। सरकारले गत सोमबार राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद सम्बन्धी दुई वटा अध्यादेश जारी गरेको थियो।

राजनीतिक दल विभाजन गर्न सहज हुने गरी ल्याइएका अध्यादेशको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका हुन्। त्यसका लागि शुक्रबार मन्त्रिपरिषद बैठक बस्दैछ। अध्यादेश फिर्ता लिने निर्णय मन्त्रिपरिषदले गर्नुपर्छ।

समाजवादी पार्टीलाई विभागजन गर्न अध्यादेश जारी गरिएको भन्दै सरकारको चर्को आलोचना भएको छ। नेकपाभित्रै पनि अध्यादेशलाई लिएर चर्को असन्तुष्टि उत्पन्न भएको छ। बिहीबार नेकपा शीर्ष नेताहरु अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतमको भेलाले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरेको थियो।

बिहीबार नै प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी अधयादेश फिर्ता लिने विषयमा जानकारी गराएका थिए। प्रधानमन्त्री ओली निकट र विश्वासपात्र नेताहरुले समेत अध्यादेश फिर्ता लिन सुझाव दिएपछि ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन्।

‘अहिलेको अवस्थामा अध्यादेश जारी गर्नु नै उपयुक्त थिएन, अब यसलाई ढिला नगरी फिर्ता लिनुपर्छ अन्थया राजनीतिकरण हुन्छ भनेर सुझाव दिएका थियौं,’ प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘राम्रै उद्देश्यले अध्यादेश ल्याएको भएपनि अहिले त्यसलाई राजनीतिकरण गरिएको छ, यस्तो अवस्थामा अध्यादेश फिर्ता लिन ढिला नगर्न सुझाव हामीले सुझाव दिएपछि उहाँ अध्यादेश फिर्ता लिन तयार हुनु भएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *