अस्ट्रेलियाका पूर्व अलराउन्डर ग्रीम वाट्सनको निधन

डिसी नेपाल
१३ वैशाख २०७७ १६:३९

काठमाडौं । अष्ट्रेलियाका पूर्व अलराउन्डर ग्रीम वाट्सनको ७५ वर्षको उमेरमा निधन भएको छ। वाटसन लामो समय देखी क्यान्सर बाट पिडीत थिए। ग्रिम वाट्सन मध्य क्रमका ब्याट्सम्यान स्रगै मध्यम गतिका बलर पनी थिए। उनले १९६७ देखी १९७२ सम्म अष्ट्रेलियाका लागि ५ टेस्ट र २ एकदिवसीय खेल खेलेका थिए। उनले टेस्टमा ९७ र एकदिवसीयमा ११ रन बनाएका थिए। बलिङको कुरा गर्दा उनले टेस्टमा ६ विकेट र एकदिवसीय खेलमा २ विकेट लिएका थिए ।

वाटसनको नाममा एउटा अनौठो रेकर्ड रहेको छ। उनी अष्ट्रेलियाका पहिलो क्रिकेटर हुन जसले देशको प्रमुख घरेलु प्रतियोगिता शेफिल्ड शिल्डमा तीन टिमका लागि खेलेका थिए। आईसिसिले पनी वाटसनको मृत्युको बारे ट्वीट गरेको छ ।

वाटसनले सन १९६६–६७ मा दक्षिण अफ्रिकाको भ्रमणको क्रममा अन्तर्राष्ट्रिय डेब्यू गर्दा अर्धशतक प्रहार गरेका थिए तर चोटका कारण उनले धेरै खेल्न पाएनन। वाटसनले मेलबर्नको लागि अष्ट्रेलियाको रुल फुटबल पनि खेलेका थिए। सन्यास पछि उनले एक सफल वास्तुकारको रूपमा पनि काम गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *