शिव खेराको जँड्याहा पात्र र ओलीज्यूको भक्तिगान

डिसी नेपाल
१४ वैशाख २०७७ ८:००
8
Shares

टिपी खनाल, सियाटल अमेरिका

प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँभरको ध्यान कोरोना माहामारीबाट बच्न र बचाउन लागिरहेका बेला मधेशी पार्टी फुटाउन फ्याट्ट कानून संशोधनको अध्यादेश जारी गरे। सो कार्यमा उनका फ्यानहरुको समर्थन निकै उत्तेजक थियो। मुलुक र पार्टी बचाउने प्रधानमन्त्रीको महानकार्य भन्दै प्रसंशाका पुलिन्दा जताततै देखिए।

दुई दिनमै त्यो अध्यादेश घातक सावित भयो उनले आफ्नै दलका शीर्ष नेतालाई गाली गर्दै ती अध्यादेश फिर्ता लिए। उनका तिनै फ्यानहरु उसैगरी उफ्रिएकै छन् बहादुरीपूर्वक उहांँले काम गर्नुभयो पार्टी र देशलाई बचाउनु भयो गज्जव गर्नुभो भनेका छन्।

यो घटना पहिलो र अन्तिम होइन दुनियाँभरको राजनीतिमा। कथित फ्यानहरु आफ्नो स्वार्थअनुसार, अवसरअनुसार व्याख्या गर्छन् र दुश्कर्ममा लागेका भए पनि नेतालाई अझ उक्साउँछन्। सक्नेले पद, पदक पनि पाउलान् नसक्नेले आशाको त्यान्द्रो झुण्ड्याउँदै जे गरे पनि भक्तिगान गर्न छाड्दैनन्।

यो कुरा लेखिरहँदा मलाइ भारतीय मुलकका विश्व प्रसिद्ध लेखक तथा उत्प्रेरक शिव खेराको पुस्तकको एउटा प्रसंग याद आउँछ। उनको ‘यु क्यान विन’ नामको बेष्ट सेलर किताब मैले झन्डै २० बर्ष पहिले पढेको थिए।

शिव खेरा संसारभरकै उत्कृष्ट उत्प्रेरक वक्ता, मुख्य टिप्पणीकर्ता , प्रसिद्ध लेखक, प्रशिक्षक अनि ब्यापारिक परामर्शदाता पनि हुनुहुन्थ्यो। एकपटक मादक पदार्थ एबं लागु औषधको प्रयोगको कारणले छुट्नै नसक्ने लत लागेर पुनस्र्थापना केन्द्रमा भर्ना भएकाहरुका लागि सकारात्मक प्रेरणा जगाई त्यो लतबाट छुटकारा दिलाउने कामको लागि सहजकर्ताका रुपमा क्यानाडामा हुनुहुन्थ्यो। त्यो कोर्स लामो हुने भए पनि उहाँले हरेक दिन फरक फरक हिसाबले दुर्व्यसनीलाई तालिम एवं परामर्श दिने गर्नुहुन्थ्यो।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँभरको ध्यान कोरोना माहामारीबाट बच्न र बचाउन लागिरहेका बेला मधेशी पार्टी फुटाउन फ्याट्ट कानून संशोधनको अध्यादेश जारी गरे। सो कार्यमा उनका फ्यानहरुको समर्थन निकै उत्तेजक थियो। मुलुक र पार्टी बचाउने प्रधानमन्त्रीको महानकार्य भन्दै प्रसंशाका पुलिन्दा जताततै देखिए।

एकदिन रक्सीको छुटाउनै नसक्ने लत लागेकाहरुलाई फाइदा पुग्ने गरी संचालित एउटा छुट्टै सत्रमा देखिएको एउटा महत्वपूर्ण परिणामको बारेमा उहाँले उल्लेख गरेको कुराले मेरो दिमागमा अझैसम्म निकै ठूलो ठाउँ लिएर बसेको छ।

उक्त सत्रमा रक्सीको लत लागेकाहरु मात्रै थिएनन, अरु दुर्व्यसनीहरु पनि थिए। उनीहरु सबैलाई भनिएको थियो कि त्यहाँ देखाइएका सबैकुराहरु ध्यानपुर्वक हेर्नुहोला किनकि त्यसपछि सोधिएका प्रश्नहरुको उत्तर दिनुपर्छ। त्यसैले सबैले ध्यान दिएर नै हेरिरहेका थिए। अनि उहाँले रक्सीसँग सम्बन्धित एउटा प्रयोगात्मक उदाहरण दिन शुरु गर्नुभयो।

त्यसका लागि एउटा पारदर्शी सिसाको गिलास (जसमा सबैकुरा बाहिरबाटै सबैले देख्न सक्थे) मा आधा गिलास जति पानी जस्तै सादा रंगको रक्सी हाल्नुभयो, ताकि गिलासभित्रका सबैकुराहरु पारदर्शीरुपमा सबैले देख्न सकुन्। अनि त्यसपछि त्यो रक्सीको गिलासमा एउटा जिउदो गड्यौला हाल्नुभयो। रक्सीमा डुबेको त्यो गड्यौला एकछिन बेस्सरी छट्पटायो, अनि एकछिनमा मर्यो।

भने अनुसार सबैले ध्यान दिएर नै उक्त प्रयोग हेरिरहेका थिए। किनकि त्यो प्रयोग आकर्षक पनि थियो। त्यसपछि वहाँले सामुहिकरुपमा एउटा प्रश्न सोध्नुभयो, “तपाईँहरुले यो प्रयोग हेरेर यसबाट के पाठ सिक्नुभयो?”

हतार हतार एकजना रक्सीको लत लागेको दुर्व्यसनीले उत्तर दिन हात उठाएछ, र भने “यसबाट मैले एउटा राम्रो पाठ सिकें।” शिव खेराजी एक हिसाबले हर्षित हुनुभएछ, किनकि उहाँको उद्धेश्य नै रक्सीको लत लागेकाहरुलाई त्यस लतबाट छुट्कारा पाउने गरी पाठ सिकाउनु थियो र त्यसैअनुरुप नै एउटा जड्याहाले राम्रो पाठ सिकेछ कि भन्ने लाग्यो होला शायद!

त्यसपछि वहाँले सोध्नुभएछ, के पाठ सिक्नुभयो तपाईँले भनेर। उसले निकै उत्साहित हुँदै उत्तर दिएछ “रक्सी त निकै उपयोगी कुरा पो रहेछ, किनकि रक्सी पियो भने पेटभित्रका सबै खराब किराहरु मर्ने रहेछन् र हामीहरुको स्वास्थ्यमा निकै धेरै फाइदा पुग्ने रहेछ! त्यसैले रक्सी पिउनु स्वास्थ्यको लागि फाइदाजनक हो।”

यस्ता घटनाहरु उहाँका लागि नयाँ थिएनन् किनकि लत लागेकाहरुको स्वभाव र त्यसअनुसारको उनीहरुको स्वाद अनुरुपको अनुवाद (क्ष्लतभचउचभतबतष्यल) कस्तो हुन्छ भन्ने कुरा उहाँलाई राम्ररी थाहा थियो! त्यसैले त उनीहरुलाई त्यो लतबाट निकाल्न धेरै ठूलो मेहनत गर्नुपथ्र्याे।

यो घटना सुन्दा पक्कै पनि हामीहरुलाई आकर्षक लाग्यो होला! र हामीहरु सबैलाई लाग्यो पनि होला कठै बिचरो त्यो जड्याहा ! तर वास्तविकता के हो भने त्यो जड्याहाभन्दा कम खतरनाक लतमा तपाई हामीहरु कोहिँ पनि छैनौं!

जव महत्वपूर्ण जिम्मेवारीमा भएको कुनै नेताले बदमाशी गर्छ तव हामीहरुमा त्यै जड्याहा प्रवृति हावी भैहाल्छ। चाहे त्यो नेता जुनसुकै पार्टी बिशेषको किन नहोस। हामीहरु आआफ्नो पार्टीको आवरणमा नेताको पक्षपोषण गर्न थालिहाल्छौं। त्यो नेताले जतिसुकै खराब निर्णय गरेको किन नहोस, हामीहरुले पनि त्यै जड्याहाले रक्सीमा फाइदै फाइदा देखेझैँ आफ्नो नेताको निर्णयमा पनि फाइदै फाइदा देख्न थाल्छौं र क्रान्तिकारी भएर बचाऊ गर्न उत्रिहाल्छौं।

नेता खराब हुनुमा सबभन्दा बढी दोषी हामीहरु नै छौं। नेताका गल्तीलाई गलत भनेर उसलाई गलत नगर्न कहिल्यै सचेत गराएनाैं हामीहरुले। “हामीहरुले जे जति गल्ती गरेपनि हाम्रो बचाऊ गर्ने ठूलो समूह सडक सडकमा छदैँछ” भन्ने मनोवृति नेतामा बिकास गराउने काम हामीहरुले नै गरिरह्यौं।

नेताका बदमासीको बचाऊ गर्न कहिले हामीहरु अरिंगाल बन्छौ त कहिले आफ्नै अपराधी नेताले हिटलरले ग्यास च्याम्बरमा जिउँदै मान्छे पोलेझैँ इँटा भट्टामा मान्छे पोल्दा पनि उसैको संरक्षणमा जुलुस निकाल्छौं। एउटी निरीह बालिकालाई बलात्कार गरेर मार्नेलाई पक्रेर कारवाई गर भन्न सक्दैनौं तर मैले जम्मा ५ हजार मात्रै मान्छे मारेको हुँ भनेर खुलेआम कुर्लँदै हिड्नेलाई ससम्मान ठूलो नेता मानेर आनन्दित हुन्छौं।

नेता खराब हुनुमा सबभन्दा बढी दोषी हामीहरु नै छौं। नेताका गल्तीलाई गलत भनेर उसलाई गलत नगर्न कहिल्यै सचेत गराएनाैं हामीहरुले। “हामीहरुले जे जति गल्ती गरेपनि हाम्रो बचाऊ गर्ने ठूलो समूह सडक सडकमा छदैँछ” भन्ने मनोवृति नेतामा बिकास गराउने काम हामीहरुले नै गरिरह्यौं।

हामीहरुले पार्टीका लागि ठूला ठूला नेताहरु बनायाैं तर देशका लागि एउटा ठिक्कको नेता पनि बनाउन सकेनौं। हरेक पार्टीका नेताहरुलाई आफ्नो पार्टीभन्दा पर देशको लागि काम गर भनेर नेताहरुलाई सचेत गराउनको लागि अरिंगाल हुन हामीहरुले कहिल्यै पनि सकेनौं।

संसारभर यत्रो डरलाग्दो महामारीको ज्वाला दन्किरहेको बेला कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ राजनीतिक तिकडमको लागि रातारात विधेयक ल्याउदा होस वा त्यो बिधेयक फिर्ता हुँदा होस् नैतिकताको प्रश्न उठाएनौं हामीहरुले। न त महामारीसँग लड्न नभई नहुने अत्यावश्यक सामग्रीको खरिदमा लाजमर्दो अनियमित गर्दा “गलत गर्यौ तिमीहरुले त्यसैले जिम्मेवारीमा बस्ने नैतिकता छैन तिमीहरुको” भन्न सक्यौं मन्त्री र सल्लाहकारहरुलाई।

न त “कार्वाही गर्नुस उनीहरुलाई” भन्न सक्यौं प्रधानमन्त्रीलाई नै। न त कुनै पत्रिकामा आफ्नोबिरुद्ध लेखिएको न्युजलाई राज्यशक्तिको दुरुपयोग गर्दै सिस्टम नै ह्याक गरेर मेट्न लगाउदा गलत भयो भन्न सक्यौं। न त सिमानमा खान नपाएर छट्पटाएकाहरु र शहरमा बस्न खान नपाएर दुधे बच्चा बोकेर भोको पेट र नाङ्गो खुट्टा सयौं माईलको यात्रामा निस्केको असक्तको पीडा देख्न सक्याैं, न त औषधि किन्न निस्केका सामान्य नागरिक र हस्पिटलबाट फर्केको डाक्टरलाई पशुलाई झैँ कुट्दा प्रश्न उठायौं।

किनकि शिव खेराको किताबको त्यो दुर्व्यसनी जड्याहा पात्रले रक्सीमा देखेको फाइदाझैँ आफ्नो आफ्नो पार्टीका नेताका हरेक अल्कोहलिक निर्णयहरुमा फाइदै फाइदा मात्रै देख्ने खतरनाक लतले ग्रस्त छौ हामीहरु।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *