स्थगित खेल गतिविधीहरु पुन: संचालन गर्नेबारे छलफ
काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएका खेलकुद गतिविधीहरु पूर्ववत रुपमा सञ्चालन गर्ने बारेमा बेलायतमा छलफल शुरु भएको छ ।
महामारीकै बीचमा कसरी खेल गतिविधी शुरु गर्न सकिन्छ भन्ने बारेमा सरकारले विभिन्न खेल सम्वद्ध चिकित्सकहरु संग छलफल र परामर्श गर्न लागेको हो ।
तत्काल खुला रंगशालामा धेरै दर्शकहरुको बीच खेलकुद आयोजना गर्न नसकिने भएपनि बन्द रंगशालामा वा सिमित दर्शककै माझ खेलकुद गर्ने वातावरण बनाउन छलफल शुरु गर्न लागिएको बताइएको छ ।
त्यसै विषयमा छलफल गर्न सरकारले यसै साता खेल क्षेत्रका मेडिकल डाइरेक्टरहरुको बैठक पनि डाकेको छ । परीक्षण, सामाजिक दूरीलगायत न्यूनतम मापदण्ड पुरा गरी अबको केहि हप्तामा खेलकुद आयोजना गर्ने योजना अनुरुप छलफल हुनेछ ।
बेलायतमा कोरोना संक्रमणबाट २० हजार बढीको मृत्यु हुँदा खेलकुद सहित सबै सार्वजनिक गतिविधीहरु बन्द गरिएको छ ।
यसले त्यहाँको प्रतिष्ठित प्रतियोगिताहरु प्रमियर लिग, महिला सुपर लिग, इङ्लिस फुटबल, क्रिकेट लगायत सबै खेलकुद प्रतियोगिताहरु अनिश्चितकालका लागि स्थगित भएका छन् ।।
No ads found for this position


डिसी नेपाल
Facebook Comment