बर्दियामा खोप सेवा शुरु

डिसी नेपाल
१७ वैशाख २०७७ ९:२९

बर्दिया । कोरोना भाइरसको त्रासका बीच बर्दियामा बालबालिकाका लागि नियमित खोप सेवा शुरु गरिएको छ।

अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा रोक्न नमिल्ने भएका कारण सुरक्षा उपाय अवलम्बन गरी खोप प्रदान गरिएको कार्यालयका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

कार्यालयका अनुसार हालसम्म १३४ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनानुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यहाँका आठै स्थानीय तहमा नियमित खोप सेवा शुरु गरेको हो।

यही वैशाख १९ गतेसम्म खोप सञ्चालन गरिने कार्यालयले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *