कर्णालीमा एक बेपत्ता
सिमकोट । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। जुम्लाको कैलाश गाउँपालिका–१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका–१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन्।
काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ।
कार्यकारी अधिकृत र वडाध्यक्षको विवाद
जुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा गाउँकार्यपालिकाको बैठकमा कार्यकारी अधिकृत र वडा नं ५ का अध्यक्षबीच बजेट थपका विषयमा विवाद हुँदा हात हालाहाल भएको छ।
वडा नं ५ का अध्यक्ष कर्णजङ्ग शाहीले गरेको बजेट माग प्रक्रिया नमिलेको भन्दै अधिकृत रुद्रबहादुर शाहीले सम्झौता गर्न नमानेपछि विवाद सिर्जना भएको हो।
अध्यक्ष शाहीले भने आफ्नो वडालाई मात्रै नियम खोजेको र अन्य वडाको सम्झौता गरेर रकम भुक्तानी गरेर कर्मचारीतन्त्र हावी गर्न खाजेको हुँदा आफूले सबै वडामा एकनास प्रक्रिया हुनुपर्ने माग गरेको बताए ।
विवाद साम्य बनाउन उपाध्यक्ष जोशी धामीलाई जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष कर्ण रोकायाले बताए । रासस
No ads found for this position



डिसी नेपाल
Facebook Comment