सांसद डा यादवद्वारा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता
काठमाडौं। आफूलाई महोत्तरीबाट ‘अपहरण’ गरी काठमाडौं ल्याइएको दाबी गर्दै आएका जनता समावादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार अयाोग पुल्चोकमा उजुरी दर्ता गराएका छन्। नेपाल प्रहरी र सरकारी वकिलको कार्यालयले जाहेरी नलिएपछि सांसद यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका हुन्।
सांसद यादवले आफूलाई ‘अपहरण’ गरेको भन्दै सत्तारुढ दल नेकपा सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षण सर्वेन्द्र खनाल विरुद्ध उजुरी दिएका हुन्।
यसअघि डा. यादवसहित जनता समाजवादी पार्टीका नेताहरु महानगरी प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएका थिए। तर प्रहरीले उजुरी लिन अस्वीकार गरेपछि उनीहरु सरकारी वकिलको कार्यालय पुगेका थिए। सरकारी वकिलको कार्यालयले पनि उजुरी लिन अस्वीकार गरेपछि यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन्।
No ads found for this position

डिसी नेपाल
Sahrai ramro kam ,no one above the law,who missuses must be punished.