म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकै दिन तीन जना अस्पताल भर्ना
म्याग्दी । म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै डेङ्गु सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ।
एक्कासि टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि अस्पतालमा उपचारका लागि आएकी बेनी नगरपालिका–५ भिरमुनि, वडा नं ९ तोरीपानीको पुरुष र वडा नं ६ छापाकी महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका क्लिनिकल प्रमुख डा नवराज बस्ताकोटीले बताए।
“म्याग्दीको ग्रामीण बस्तीमा धमाधम डेङ्गु सङ्क्रमित भेटिएका छन्, “उहाँहरूको ‘ट्राभल हिस्ट्री’ पनि छैन”, डा बस्ताकोटीले भने।
वैशाख महिनामा चार पुरुष र एक महिलामा डेङ्गुको सङ्क्रमण देखिएसँगै म्याग्दी डेङ्गु रोगको जोेखिम उच्च रहेको डा. बस्ताकोटीको भनाइ छ। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment