No ads found for this position
No ads found for this position

कीर्तिपुरमा कोरोना नेगेटिभ

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ वैशाख २०७७ १६:४४
No ads found for this position

काठमाडौं । विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार जाँच गरिएकामध्ये ६९ जना विभिन्न देशबाट फर्किएका थिए । अन्य सबै होम क्यारेन्टाइनमै बसे पनि नगरपालिकाले विभिन्न वडामा बनाएको क्यारेन्टाइनमा नौ जनालाई राखिएको थियो । त्यसमा हाल दुई जना मात्र छन् । अन्य सबै घरफर्किसकेको उनले जानकारी दिइन् । प्रवक्ता रिजालका अनुसार वडा नम्बर ४ स्थित ग्रीनभेज सेकेण्डरी स्कूलमा नुवाकोट र बाग्लुङबाट कीर्तिपुर आएका एकएक जनालाई राखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *