No ads found for this position
No ads found for this position

कोरोना प्रतिकार्यमा उच्च सतर्कता अपनाउँदै कर्णाली सरकार

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ वैशाख २०७७ १७:०७
No ads found for this position

सुर्खेत । प्रदेश नं ५ को बाँके नेपालगञ्जमा आइतबार कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षितरुपमा १६ पुगेपछि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ ।

भारतसँग सिधै जोडिएको बाँके नेपालगञ्ज र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्ने सक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाएको हो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कोरोना प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको बताए ।

“हामी यतिबेला सीमानाका र आवश्यकीय क्षेत्रका लागि स्वास्थ्य जनशक्ति तयार गरेका छौँ । यो प्रदेशको स्वास्थ्य अवस्था र जनशक्तिका विषयमा थप तयारी गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको बैठक बसालिएको छ”, उनले भने, “स्वास्थ्य सेवालाई सशक्तिकरण गर्नेतर्फ हामी जोड दिइरहेका छौँ ।” यहाँका हरेक नागरिकलाई आत्मानुशासित र सजग गराउन सचेतनाका कार्यक्रमलाई पनि अगाडि बढाइने उनले बताए ।

उनका अनुसार कोरोना प्रतिकार्यको रणनीतिक योजना अगाडि बढाउनका लागि आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश सङ्कट व्यवस्थापन केन्द्रको आकस्मिक बैठक बोलाइएको छ । सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालकोतर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने तयारी भइरहेको र सीमा नाकामा कन्ट्र्याक ट्रेसिङलाई पनि बढाउन लागिएको उनको भनाइ छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सीमा नाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिक आवतजावत रोक्ने र सीमा नाकामा परीक्षण बढाउने कार्यमा थप जोड दिइने बताए। कर्णाली सरकारले कोरोना महामारीबाट बच्न र सुरक्षित हुन कर्णालीवासीलाई अपिल पनि गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *