संसद्को बैठकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन सभामुख र अध्यक्षबीच छलफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठकलाई कोरोना सङ्क्रमणबाट सुरक्षित बनाउने उपायका बारेमा आज जानकारहरुसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्षमा आज उनिहरुले इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डे र सिभिल अस्पताल काठमाडौँका निर्देशक डा दीर्घराज आरसीसँग छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्अन्तर्गतका सभाहलमा माननीय सदस्यका लागि विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डअनुसारको सामाजिक दूरी कायम हुने गरी बसाइ व्यवस्थानको काम भइरहेको छ । सङ्घीय संसद्को छैठौँ बैठक यही वैशाख २६ गते अपरान्ह् ४ बजेका लागि आह्वान भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment