No ads found for this position
No ads found for this position

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा कोरोना परीक्षण रोक

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२२ वैशाख २०७७ २१:४३
No ads found for this position

लुम्बिनी । रुपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण रोकिएको छ आरटिपिसीआर मेसिनमा प्रयोग हुने एक्सट्रक्सन किट सकिएकाले परीक्षण रोकिएको प्रयोगशालाका विशषज्ञ सुमन सापकोटाले बताए। उनले भने, “शुरुमा २५० किट आएको थियो । सबै सकियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पठाउने कुरा छ । आएपछि पुनः परीक्षण शुरु हुन्छ ।”

आरटिपिसीआर मेसिनमा आरएनए एक्सट्रक्सन किट र पिसिआर किट प्रयोग हुन्छ । उक्त प्रयोगशालामा शुरुमा पिसीआर मेसिनबाट परीक्षण गरिएको भए तापनि नेशनल प्याथ ल्याबले दिएको आरटिपिसीआर मेसिनमार्फत पछिल्लो समय जाँच गरिँदै आएको छ । यद्यपि संघीय कृषि तथा पशुपन्छी मन्त्रालयले दिएको आरटिपिसीआर मेसिन पनि प्राविधिक समस्याका कारण प्रयोग हुन सकेको छैन ।

किट अभावका कारण आइतबारदेखि कुनै पनि परीक्षण नभएको जनाइएको छ । अहिलेसम्म ३३७ नमूना परीक्षण गरिएको छ । हाल नमूना परीक्षणका लागि आएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *