व्यावसायिकताका साथ कर्तव्य निर्वाह गर्छु : नवनियुक्त महासचिव डा गौतम

डिसी नेपाल
२३ वैशाख २०७७ १४:५७

काठमाडाैं। सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव डा भरतराज गौतमलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा सभामुखले महासचिवलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष, सङ्घीय संसद्का विभिन्न समितिका सभापति, सांसद तथा सचिवालयका कर्मचारीको उपस्थिति थियो।

शपथपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै महासचिव गौतमले प्रतिनिधिसभा र राष्ट्रियसभाबीच समन्वय गर्ने आफ्नो मुख्य जिम्मेवारी भएको बताए। सभामुख र राष्ट्रियसभाको अध्यक्षले आफूलाई महासचिवका रुपमा सिफारिश गर्नुभएकामा उनीहरुप्रति आभार प्रकट गरे।

“एउटा राष्ट्रसेवक कर्मचारीले आफ्नो ठाउँमा रहेर जे जस्तो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, संविधान, नियमावली र कर्मचारी प्रशासनसम्बन्धी व्यवस्थालाई ध्यानमा दिएर व्यावसायिकताका साथ काम सम्पन्न गर्ने प्रण गर्दछु”, उनले भने। शपथलगत्तै उहाँले महासचिवको कार्यकक्षमा पदवहाली गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *