No ads found for this position
No ads found for this position

अज्ञात रोगले करेलाको बिरुवा मर्न थालेपछि किसान मर्कामा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२३ वैशाख २०७७ १६:२९
No ads found for this position

धादिङ । करेलाबालीमा रोगको महामारी फैलिएर नष्ट हुन थालेपछि धादिङको थाक्रे गाउँपालिका—११ बालुवाफाँटका किसान मर्कामा परेका छन् ।

सरकारले सिफारिस गरेको पाली एफ—१ जातको करेला लगाएर यतिखेर फल टिप्नुपर्ने बेलामा पहेँलो भएर बिरुवा नै मर्न थालेपछि उनीहरु मर्कामा परेका हुन् । बहत्तरजना किसानले लगाएका करेला, घिरौँला र लौकामा यस किसिमको समस्या आएपछि किसानले आम्दानी लिन नसक्ने अवस्थामा पुगेको किसान राजेन्द्र रुपाखेतीले बताए ।

खेतका गह्रामा लगाइएको करेला टिपेर बजारमा बिक्री गर्नुपर्ने बेलामा पात पहेँलो हुने, मुन्टा ओइलाउने र विस्तारै बिरुवासमेत मर्ने समस्या आएकाले कुन रोग लागेको हो पत्ता लगाउनै समस्या परेको कृषि प्राविधिक सागर बिडारीको भनाइ छ ।

बालुवा फाँटमा फलेको करेला गत वर्ष कतार निर्यात भएको थियो । यहाँको राम्रो करेला भएकाले यसलाई विदेश पठाइएको र यस वर्ष पनि किसान उत्साहित भएर गरेको खेती अज्ञात रोगले सखाप भएको छ । बीउ नै राम्रो नपरेको अनुमान लगाउँदै किसानले यसको तथ्य जाँच गर्नुपर्ने र राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सबैभन्दा राम्रो जातको करेला भनेर सरकारको सिफारिसबमोजिम किसानले लगाएको भए पनि तरकारी किसानले यस वर्ष ठूलो समस्यामा परेको किसान केशव रुपाखेतीले बताए। चक्रिय बालीअनुसार लगाइएको बालीमा समेत सबै करेला मर्न थालेकाले महामारीका रुपमा फैलिएर सखाप पारेको थियो ।

बालुवाफाँटमा करेला खेती गरेका किसान समस्यामा परेको र वडाले मात्रै यो समस्या समाधान गर्न नसक्ने वडाध्यक्ष रविप्रकाश ओझाले जानाकारी दिए।गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिए पनि बाली बीमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ । गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले किसानको समस्या समाधानका लागि पहल गरिने बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *